वुमन्स च्याम्पियन्स लिगको टिम र मार्की खेलाडी सार्वजनिक



काठमाडौं : वुमन्स च्याम्पियन्स लिगको टिम र मार्की खेलाडी सार्वजनिक गरिएको छ। आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सहभागी ५ टोलीको नाम र मार्की खेलाडी सार्वजनिक गरेको हो।

पहिलो संकरणको लिगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन्। पाँचै टिमका मार्की खेलाडी राष्ट्रिय टोलीका सदस्य रहेका छन्। सिर्जना जोशीको टिम ललितपुरको मार्की खेलाडी नेरी थापा रहेकी छिन्।

यस्तै विनायक पोखरेलको टिम पोखराको मार्की खेलाडी सीताराना मगर, दिपा अग्रवालको टिम क्यापिटलको मार्की खेलाडी रुबिना क्षेत्री, मिङमा टण्डु शेर्पाको टिम चितवनको मार्की खेलाडी इन्दु बर्मा र पारस लुनियाको टिम विराटनगरको मार्की खेलाडी सरिता मगर रहेकी छिन्।

प्रतियोगिता जेष्ठ ३ देखि ११ गतेसम्म टियु क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुनेछ। यसअघि चैत २२ देखि ३० सम्मको मिति तय भएको थियो। तर, प्राविधिक कारणले प्रतियोगिता सारिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्