सबै स्थानीय तहमा अस्पताल बनाउँदै सरकार, मङ्सिर १५ मा एकैसाथ शिलान्यास



काडमाडौं : सरकारले सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको अस्पताल मङ्सिर १५ मा एकैपटक शिलान्याश गर्ने भएको छ।

आइतवार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीहरू बीच कोरोना रोकथाम नियन्त्रण र समन्वय गर्न बसेको बैठकले सबै स्थानीय तहमा मङ्सिर १५ मा एकैपटक शिलान्याश गर्ने निर्णय गरेको हो ।

बैठकले आपतकालीन औषधिको प्रयोगलाई व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्न स्वास्थ्य मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्