आईपीएल : दिल्ली र पन्जाब भिड्दै



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुने भएको छ।

दुबईमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रेयस एयरको कप्तानीमा दिल्ली र केएल राहुलको कप्तानीमा पन्जाब मैदान उत्रने छन्।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली आठौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली शीर्ष स्थानमा रहेको छ ।

दिल्लीलाई हराएर पन्जाब पनि चौंथो जितको रहेको छ । पन्जाब ९ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्