आईपीएल : कोलकत्ता र बैंगलोर भिड्दै



काठमार्ठौ : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज ९बुधबार० कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुने भएको छ।

अबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका ७स्४५ बजे सुरु हुनेछ । इयान मोर्गनको कप्तानीमा कोलकत्ता र विराट कोहलीको कप्तानीमा बैंगलोर मैदान उत्रने छन् ।

कोलकत्ता छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ५ जितसहित १० अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ भने बैंगलोर सातौं जितको खोजीमा रहेको छ । बैंगलोर ९ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्