च्याम्पियन्स लिग : ८ खेलमा प्रतिस्पर्धा हुँदै



काठमाडौं : यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको खेलको दोस्रो दिन आज विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

बायर्न म्युनिखले घरेलु मैदानमा स्पेनि क्लब एट्लेटिको म्याड्रिडसँग, रियल म्याड्रिडले युक्रेनी क्लब साख्तर डोनेस्कको सामना गर्दैछ ।

यस्तै इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब बोरुसिया मोन्चेनग्लावाक, म्यानचेस्टर सिटीले एफसी पोर्टो तथा डच क्लब आयाक्सले इंग्लिस क्लब लिभरपुलको सामना गर्दैछ ।

आज हुने खेल :

समूह ‘ए’

साल्जवर्गविरुद्ध लाकोमोटिभ (राति १०ः४० बजे) – सोनी सिक्स

बायर्न म्युनिखविरुद्ध एट्लेटिको म्याड्रिड (राति १२ः४५ बजे) – सोनी सिक्स

समूह ‘बी’

रियल म्याड्रिडविरुद्ध साख्तर डोनेक्स (राति १०ः४० बजे) – सोनी टेन २

इन्टर मिलानविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (राति १२ः४५ बजे) – सोनी टेन ३

समूह ‘सी’

म्यानचेस्टर सिटीविरुद्ध एफसी पोर्टाे (राति १२ः४५ बजे) – सोनी टेन १

ओलम्पियाकोसविरुद्ध मार्से (राति १२ः४५ बजे)

समूह ‘डी’

आयाक्सविरुद्ध लिभरपुल (राति १२ः४५ बजे) – सोनी टेन २

मिट्जिल्यान्डविरुद्ध एटलान्टा (राति १२ः४५ बजे)

प्रतिक्रिया दिनुहोस्