भूकम्प गएको ४ वर्षपछि तेस्रो किस्ता



सिन्धुलीः भूकम्प गएको झन्डै चार वर्षको अवधिमा सिन्धुलीमा पुननिर्माणका लागि तेस्रो किस्ता रकम लानेमा १६ हजार ५८८ पुगेका छन् । पुननिर्माण प्राधिकरणबाछ १५ हजार ७८९ र नेपाल रेडक्रस सोसाइटीबाट ७९९ ले तेस्रो किस्ताबापतको रकम पाएका हुन् ।

सुनकोसी गाउँपालिकाको ६ मा रेडक्रस सोसाइटीबाट पुननिर्माणको काम हुँदै आएको छ चैत तेस्रो सातासम्ममा दोस्रो किस्ताको रकम ११ हजार कमले लगेका छन् । दोस्रो किस्ता रेडक्रसबाट ८७१ ले बुझेका थिए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार गुनासो फर्छौटसहित जिल्लाको ९ वटा स्थानीय तहका ३७ हजार ९११ लाभग्राहीको सूचीमा रहेका छन् । ४५ प्रतिशतको हाराहारीमा भूकम्पप्रतिरोधी भवन निर्माणका लागि लाभग्राहीले तेस्रो किस्ताको रकमसमेत लगिसकेको आयोजना कार्यान्वय इकाईका प्रमुख देवनारायण यादवले जानकारी दिए । यो समाचार कान्तिपुरमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्