धनुषामा मोटरसाईकलले ठक्कर दिंदा एकको मृत्यु, एक घाईते



जनकपुरधाम : धनुषामा मोटरसाईकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा परि सोही नगरपालिका वडा नम्बर–५ कुमरौल बस्ने ५५ वार्षिय प्रेमचन्द्र झाको मृत्यु भएको छ भने सोही नगरपालिका वडा नम्बर–७ का २२ वार्षिय महादेव साह घाईते भएका छन् ।

No description available.

क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर–५ जानकी केबल इन्डस्ट्रिजको कार्यालयको उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ज १२ प २९४७ नम्बरको मोटरसाइकलले पश्चिमबाट पुर्व दिशामा गईरहेको साइकललाई ठक्कर दिंदा दुर्घटना भएको थियोे । दुर्घटनामा परि घाइते साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रेमचन्द्र झा पुजा गरेर फर्किने क्रममा दुर्घटनामा परेका थिए । प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृृत्यु भएको छ । तिब्र गतिमा रहेका मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीको भनाइ छ । मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्