आईपीएल : राजस्थान र हैदराबाद भिड्दै



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बिहीबार) राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुने भएको छ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थान र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । स्टिभ स्मिथको कप्तानीमा राजस्थान र डेभिड वार्नरको कप्तानीमा हैदराबाद मैदान उत्रने छन् ।

राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने पुछारबाट दोस्रो स्थानमा रहेको हैदराबादले ९ खेलमा ३ जितसहित ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्