आईपीएल : मुम्बई र चेन्नई भिड्दै



एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुने भएको छ।

सारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । रोहित शर्माको कप्तानीमा मुम्बई र महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नई मैदान उत्रने छन् ।

अघिल्ला ९ खेलमा ६ जितसहित १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा रहेको छ भने चौंथो जितको खोजीमा रहेको चेन्नई १० खेलमा ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्