विश्वकप छनोटको युरोपियन ‘ड्र’ डिसेम्बरमा सार्वजनिक हुने



काठमाडौं : कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको ‘ड्र’  डिसेम्बर ७ मा जुरिचमा सार्वजनिक हुने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोना भाईरसलाई मध्ये नजर गर्दै ‘ड्र’  भर्चुअल हुने जनाएको छ। साथै युरोपियन छनोटमा ५५ राष्ट्र सहभागी हुने छन् । जसलाई १० समूहमा विभाजन गरिने छ ।

समूह चरणमा सबै टिमले होम एण्ड अवेको आधारमा खेल्ने छन् । युरोपियन छनोटको खेलहरु २०२१ को मार्च देखि नोभेम्बरसम्म सकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्