हिलोमा गाडिएको अवस्थामा महिलाको शव फेला



जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर(१३ पिडारी पछबारी टोलमा हिलोमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जनकपुर-कुर्था सडकखण्डमा अन्दाजी ३५/४० वर्षीया महिलाको आज (शुक्रबार) बिहान शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले मृतक महिलाको घाँटीमा निलडाम देखिएको र शव हिलोमा गाडिएको अवस्थामा फेला परेको जानकारी दिए । स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

No description available.

उनीहरूले महिलाको शव हिलोमा गाडिएको अवस्थामा नग्न रहेकोले कसैले करणी गरेर मारेको हुनसक्ने आशंका गरेका छन् । शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्