नेपालकै प्रसिद्ध वीरगन्जको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो



पर्सा : दशैको आज सातौँ दिन, आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व शुक्रबार घरघरमा शास्त्रीय विधि अनुसार फूलपाती भित्र्याइएको छ ।

पर्सा जिल्लाको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र मालपोत लगायत विभिन्न क्षेत्रबाट ल्याइएको फूलपाती नेपालकै प्रसिद्ध शक्त पीठको रूपमा रहेको वीरगन्जको गहवा माई मन्दिरमा फूलपाती भित्र्याइएको हो।

No description available.

बाँजा गाजाँ सहित ल्याइएको फूलपाती गहवा माई मन्दिरमा विधि पूर्वक पूजापाठ गरेर घर घरमा फूलपाती भित्र्याइएको हो । वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी र पर्साका प्रमुख अधिकारी आसमान तामाङले विधिपूर्वक पूजापाठ सम्पन्न गरेका थिए ।

No description available.

घटस्थापनाको दिन देखि नै भव्य रूपमा लाग्ने दसैँ मेला यसपालि कोरोना महामारीले गर्दा बजारमा चहलपहल भन्ने देखिएको छैन । फूलपाती भित्र्याइएसंगै मेला हेर्न र प्रसिद्ध गहवा माईको दर्शन गर्न पर्सा लगायत, विभिन्न जिल्ला र छिमेकी देश भारतको विभिन्न सहरबाट आउने श्रद्धालुहरूको घुइँचो लाग्थ्यो ।

No description available.

तर कोरोना महामारीका कारण विगत सात महिनादेखि जारी सीमा बन्द र मन्दिर नखोलिएका कारण श्रद्धालुहरू आउन सकेका छैन । वीरगन्ज बजारमा समेत खासै चहलपहल पनि बढेको छैन । मन्दिर क्षेत्र भित्र भिडभाड गर्न नदिनको लागि पर्सा प्रहरीले व्यापक रूपमा सुरक्षाकर्मी समेत परिचालन गरेको छ ।

No description available.

यसपालि सङ्क्रमणका कारण बली दिन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । वीरगन्जको नगवा स्थित बौद्ध माई, विर्ता माई, भुटन देवी माई र विन्दवासिनी लगायत यस क्षेत्रमा रहेको शक्ति पीठमा समेत भिडभाड नियन्त्रण गर्न मेला लगाउन दिएको छैन ।

No description available.
प्रतिक्रिया दिनुहोस्