स्वास्थ्य फिट राख्न म्युजिक नै उत्तम



गीत संगीत कसलाई मन नपर्ला र । झन् त्यसमाथि शारीरिक व्यायामसँगै संगीत सुन्नाले शरीरदेखि मस्तिष्क सबैलाई फिट राख्न मद्दत गर्छ । संगीतले हाम्राे स्वास्थ्यमा ल्याउने परिवर्तनबारे अन्नपूर्ण पाेष्टले तयार पारेकाे एक सामग्री । 

‘फिट’ राख्न मद्दत

डिस्कोमा समय बिताउनुभयो भने तपाईं स्वस्थ बन्न सकने सम्भावना बढी हुन्छ । डिस्कोमा डान्स गर्दा उछलकुदले क्योलोरीको नास हुन्छ । यसले मान्छेलाई मोटाउन दिँदैन ।

खुसी हुनुस्

गीत गाउँदा ‘स्ट्रेस’ कम हुने तथा खुसी हुने सम्भावना बढी हुन्छ । विभिन्न अध्ययन, अनुसन्धानहरुले पनि यो कुरा पत्ता लगाएका छन् । किनकि यसले तपाईंको शरीरको अक्सिटोकिन, डोपामिन र इन्ड्रोफिन्स बढाउँछ ।

प्रतिरक्षा प्रणालीको विकास

यो सत्य हो कि एक्लै वा समूहमा गीत गाउनुभयो भने रोगसँग लड्ने क्षमताको विकास हुन्छ । सन् २००३ मा गायकहरुको बारेमा एउटा अध्ययन गरियो । रिहसर्लपछि उनीहरुको ¥यालमा एन्टिबडी उत्पादन भएको देखियो । एन्टिबडी प्रोटिनले शरीरमा प्रवेश गर्ने हानिकारक तत्वलाई परास्त गर्छ ।

घुर्ने बानी हट्ने

नियमित गीत गाइरहनु भयो भने घुर्ने बानी हट्छ । यसका प्रमाणहरु बाहिर आइसकेका छन् । घुर्ने बानी हट्यो भने परिवारका सदस्यहरुलाई डिस्टर्ब पनि हुँदैन । 

 

म्युजिकल इन्स्टुमेन्ट बजाउदा मेमोरी ‘इम्प्रुभ’ हुन्छ । थरीथरीका आवाज निकालेर बोल्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्