जनकपुरधाममा आत्मनिर्भर महिला अभियानको शुभारम्भ



जनकपुरधाम : जनकपुरधाममा आज (शुक्रबार) देखि आत्मनिर्भर महिला अभियान कार्यक्रमको शुरुवात गरिएको छ । प्रदेशसभा सदस्य रामअशिष यादवको परिकल्पना अनुसार नवरात्राको विशेष अवसरमा आत्मनिर्भर महिला अभियानको शुभारम्भ गरिएको हो ।

No description available.

जगदीश गोयन्का प्रतिष्ठान जनकपुरधामका अध्यक्ष युवा समाजसेवी रवि गोयन्काको व्यवस्थापनमा सम्पन्न अभियानमा सहभागि वक्ताहरुले महिला शसक्तिकरण, आत्मनिर्भर महिला विषयमाथि आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

No description available.

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दहाल, युएनडिपीका प्रतिनिधि अर्जुन कुमार कुशवाहा, युवा अभियन्ता अमित झा, कृष्ण चन्द्र साह, डा.निमु यादव, डा.राम ज्ञान यादव, ममता मण्डल, अभियन्ताहरु किशन दिक्षित, जयप्रकाश मण्डल, मनोज दास, किसन साह, कृतिका कृतिलगायतका वक्ताहरुले सहभागीहरुका लागि लघु उद्यमी, सिपमुलक व्यवसायिक कृषि उत्पादनसहितका विषय उपर आ–आफ्नो धारणा राखेका थिए ।

No description available.
प्रतिक्रिया दिनुहोस्