चेन्नईलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ।

सारजाह क्रिकेट स्टेडियममा शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । जितसँगै मुम्बईले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ । चेन्नईले भने ११ खेलमा ६ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्