ला लिगामा आज बार्सिलोना र रियल मड्रिड भिड्दै, कसले मार्ला बाजी ?



एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोना र रियल मड्रिडबीच खेल हुने भएको छ। सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनाले घरेलु मैदानमा रियल मड्रिडलाई आथित्यमा प्रदान गर्दैछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ७ :४५ बजे सुरु हुनेछ ।

रियल ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने ४ खेलमा ७ अंक जोडेर दशौँ स्थानमा बार्सिलोना रहेको छ।

यस्तै ला लिगा अन्तर्गत नै अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिससँग खेल्नेछ भने सेभियाले आइबरसँग खेल्दा ओसासुनाले एथ्लेटिक बिल्बाओसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्