कोरोना संक्रमणबाट जनकपुरमा एक महिलाको मृत्यु



जनकपुरधाम : जनकपुरमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ बस्ने ६५ वर्षीया महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।

एकाएक ज्वरो लागेर श्वास प्रश्वासमा समेत कठिनाइ भएपछि ति महिलालाई शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । भर्ना गरिएकै दिन उनको स्वाब परीक्षणका लागि संकलन गरिएको र राति ८ बजे उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

महिलामा उच्च रक्तचाप, मधुमेह र दम समेत देखिएको निमित्त निर्देशक झाले बताए । योसँगै कोरोना संक्रमणबाट धनुषामा अहिलेसम्म १९ जनाको मृत्युु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्