देहरादुनमा कुटिएका विद्यार्थीको तत्काल उद्धार गर्न काँग्रेसको माग



काठमाडौं : नेपाली काँग्रेसले भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्न माग गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई सामाजिक सञ्जाल ट्विटरमा मेन्सन गर्दै विद्यार्थीको अविलम्ब उद्धार गर्न र भारत सरकारको ध्यानाकर्षण गराउन माग गरेका हुन् ।

दसैंका दिन देहरादुनमा ५१ नेपाली विद्यार्थी कुटिएको समाचार प्रकाशित भएलगत्तै प्रवक्ता शर्माले यस्तो माग गरेका हुन् ।

‘देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरू निर्घात पिटिएको घटना अत्यन्तै गम्भिर छ,’ उनले लेखेका छन् ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्