करिव २३ लाख बराबरको चोरी निकासीका सामानहरु पक्राउ



जनकपुरधाम : धनुषा प्रहरीले २२ लाख ८७ हजार ५९० रुपैयाँ बाराबरको अवैध भन्सार चोरी निकासीका सामानहरू पक्राउ गरेको छ । गस्तीमा खटेको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट सामानहरु बरामद गरेको हो ।

हिजो (बुधबार) करिब साढे ९ बजेको समयमा सीमा प्रहरी चौकी लग्मा जटही धनुषाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटेको गस्ति टोलीले नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको दशगाजा क्षेत्रमा रहेको जमुनि खोलाको किनारमा भन्सार छलि ल्याइएका विभिन्न किसिमका लत्ताकपडा र भाडाकुडाहरु गरी १० लाख २७ हजार ५५० रुपैयाँ बाराबरका सामानहरु बरामद गरेको थियो ।

त्यस्तै, बुधबार दिउँसो १ बजेको समयमा शहिदनगर नगरपालिका–६ भित्री सडक खण्डमा कटिपुर गाउँस्थित ईलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी नायव निरिक्षक एवं २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको सादा पोशाकको संयुक्त टोलीले भरतबाट भन्सार छलि ३ वटा मोटरसाइकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको सुति साडि १२ पिस, रातो कपडा १७ थान, मार्किन ब्लाउज कपडा २५ थान, कपडाको झोला ४ थान, मार्किन ब्लाउजको कपडा १०० पिस, गम्छा १०० पिस, लेडिज सुट कपडा ४ पिस, पेन्ट १ लिटरको ९४ डिबा, ज ११ प १०५०, ज १२ प ५२५३ र ज ३ प ३११४ नम्बरको मोटरसाइकल ३ थान गरी जम्मा २ लाख ५५ हजार ४० मूल्य बराबरका सामानहरु नियनत्रणमा लिएको थियो ।

त्यस्तै आज (बिहीबार) बिहान साढे ५ बजे जनकनन्दनी गाउँपालिका–१ बस्ने कमलि देविको घरमा भारतबाट भन्सार छलि अबैधरुपमा ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट सादा पोशाकमा प्रहरी नायव निरीक्षकको टोली र प्रहरी चौकी ईनर्वाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा रहेको संयुक्त टोलीले राजनिवास र तुलसी ६÷६ भाङ्गा , राजनिवासको तुलसी १ भाङ्गा, चापरा ९काठ रंगाउने० १ बोरा, कार्वाईट (फ्रुट पकाउने) १ कार्टुन, ज १० प ६३२१ नम्बरको अपाचे मोटरसाइकल १ थान गरि जम्मा १० लाख ५ हजार बराबरको सामानहरु नियन्त्रणमा लिएको छ ।

गस्तीमा खटेको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट सामानहरु बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई बिहीबार आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्