चोरीको मोटरसाइकलसहित एक पक्राउ



जनकपुरधाम : चैत्र ३० गते जनकपुरबाट मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सूचना पाउनासाथ सक्रिय भएको धनुषा प्रहरीले दुई घण्टा नबित्दै मोटरसाइकलसहित चोरीमा संलग्नलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जनकपुरधाम–७ का २० वर्षीय सञ्जीव साह रहेका छन् । भारततर्फ जाँदै गर्दा धनुषाको दक्षिणवर्ती सीमा जटहिबाट उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

साहले आफ्नै छिमेकीको मोटरसाइकल चोरी गरेका हुन् । पक्राउ परेका व्यक्ति र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्