पाकिस्तानमा दूधको मुल्य बढ्यो ,  प्रतिलिटर १ सय ८० रुपैँया पुग्यो 



एजेन्सी :  महङ्गीको मार खेपिरहेको पाकिस्तानमा आम नागरिकको समस्या कम हुने कुनै छाँटकाँट हुने देखिँदैन ।

दैनिक हिन्दुस्तान खबरका अनुसार, पाकिस्तानमा प्रत्येक दिन दैनिक उपभोग्य वस्तुको मूल्यले आकाश छोइरहेको छ ।

तरकारी, पेट्रोल र डिजेलको भाउ त पहिलेदेखि नै बढेको थियो, अब यसमा दूध पनि सामेल भएको छ ।

अखबारहरुका अनुसार, पाकिस्तानमा अहिले दूध प्रतिलिटर १ सय २० देखि १ सय ८० सम्ममा बिक्री भइरहेको छ ।

कराँची डेरी फार्मर्स एसोसियशनले दूधको मूल्यमा प्रतिलिटर २३ रुपैयाँले बढाएको हो ।

एसोसिएशनका अनुसार, पशुहरुलाई खुवाउने चारा र इन्धनको मूल्य निकै बढेपछि दूधको मूल्य बढाउन बाध्य हुनुपरेको हो । 

 

प्रतिक्रिया दिनुहोस्