पूर्वी नवलपरासीमा थप तीन कोरोना संक्रमितको मृत्यु



नवलपरासी : पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिकाका ३८ वर्षीय एक पुरुषको शनिबार साँझ चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंले जानकारी दिएका छन् ।

त्यसैगरी कावासोती र विनयी त्रिवेणी गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किबासकी ६४ वर्षीया महिलाको उपचारका क्रममा चितवन मेडिकलमा मृत्यु भएको हो ।

कावासोती नगरपालिका–११ का ४८ वर्षीय पुरूषको पनि चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रकाशित : कात्तिक १६, २०७७

प्रतिक्रिया दिनुहोस्