कैलाली : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नीति नियम र अनुशासनबिरुद्ध काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाली काग्रेस कैलालीले प्रकाशित गरेको नयाँ वर्ष २०७६को क्यालेन्डर विमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
‘पार्टी भित्र धेरै अनुशासनहीन काम भएका छन्,’ देउवाले भने, ‘अब अनुशासनको कारबाही गर्नुको विकल्प छैन ।’ विभिन्न कार्यक्रमका लागि सुदूरपश्चिम आएका सभापति देउवाले सरकारको कडा आलोचना गरेका छन् ।
सरकारले जनतामा आतङ्क र डर त्रास फैलाएको आरोप लगाउँदै उनले सरकारबिरुद्ध कडा आन्दोलन गर्ने बेला आएकाले तयारीमा बस्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।