प्रदेशसभा सदस्य परमेश्वर साह कोरोना संक्रमित



जनकपुरधाम : प्रदेशसभा सदस्य एवं जसपा नेपाल प्रदेश २ संसदीय दलका सचेतक परमेश्वर साह कोरोना संक्रमित भएका छन् ।

सांसद साहले शनिबार पीसीआर परीक्षण गराएपछि त्यसै दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनले आफुलाई करिव एक हप्तादेखि रुघाखोकी लाग्दै आएको र शंका लाग्दा परिक्षण गराएपछि रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उनले भने,‘म अहिले होम आइसोलेसनमा छ । स्वास्थ्यमा खासै कुनै समस्या देखिएको छैन् ।’

उनले केहि दिन यता आफुसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध समेत गरेका छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क र सुरक्षति रहन सांसद साहले आग्रह गरेका छन् ।

प्रकाशित : १७ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्