धनुषाका प्रमुख जिल्ला अधिकारी कोरोना संक्रमित



जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रजिअ भट्टराईले तिन दिन अगाडी पीसीआर परीक्षण गराएपछि उनको रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले जानकारी दिए । उनले प्रजिअ भट्टराईको रिपोर्ट पोजेटिभ आएको र उनी अहिले अहिले होम आइसोलेसनमा रहेको बताए । प्रजिअ भट्टराईको स्वास्थ्यमा कुनै समस्या नदेखिएको उनले बताए ।

आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क र सुरक्षति रहन प्रजिअ भट्टराईले सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित : १७ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्