आज–१८ कात्तिक २०७७ मंगलवारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कार्य क्षेत्रमा सजग रहनु उचित हुने देखिन्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक ठाउँमा धन खर्चपनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यापार व्यवसायमा वृद्धि र आम्दानीका स्रोतपनि बढ्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काम गर्ने हौसला मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । व्यापार व्यवसायमा वृद्धिहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । समय व्यवस्थापन गर्न गारो पर्नेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग समेत रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरूलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्ने र मित्र सुख मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अचल सम्पत्ती हात पर्ने योगछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र वा आफन्तको सहयोगबाट सहयोग पाईनेछ । नयाँ कार्यको थालनी हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

प्रकाशित : कात्तिक १८, २०७७

प्रतिक्रिया दिनुहोस्