जनता समाजवादी पार्टीका नेता लिम्बुको कोरोना संक्रमणका कारण मृत्यु



विराटनगर : कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बु (इस्बो) को मृत्यु भएको छ ।

पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लामो समययता लड्दै आएका इस्बोको मंगलबार बिहान मृत्यु भएको हो ।

गत असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक १२ गते न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको उनको मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका ६३ वर्षीय इस्बो समाजवादी पार्टीका नेता हुन् । उनी धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका थिए ।

उनी जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष हुन् ।

प्रकाशित : कात्तिक १८, २०७७

प्रतिक्रिया दिनुहोस्