मंसिर २ गतेबाट सर्वोच्चको नियमित सेवा सुचारु हुने



काठमाडौं : आगामी मंसिर २ गतेबाट सर्वोच्च अदालतको नियमित सेवा सुचारू हुने भएको छ ।

अदालतको काम कारबाही र सेवा प्रवाहका सम्बन्धमा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं महासचिव, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा सचिवसमेतका पदाधिकारी तथा सरोकारवालाहरूसँगको परामर्शमा नयाँ व्यवस्था गरिएको सर्वोच्च अदालतले सूचनामार्फत जानजकारी दिएको छ ।

मंसिर १ गतेसम्म हालकै व्यवस्थालाई निरन्तरता दिने र २ गतेबाट सुरक्षा सावधानी अपनाएर उपयुक्त संख्यामा पेशीको व्यवस्थापन गरी सबै प्रकारका रिट, मुद्दा, निवेदन र प्रतिवेदनहरूको नियमित सुनुवाई हुने सर्वोच्चले निकालेको सूचनामा उल्लेख छ ।

सुनुवाइका क्रममा उपस्थित हुने पक्ष-विपक्षका कानून व्यवसायी, इजलास अधिकृतलगायत सम्बन्धित सबैले अनिवार्य रूपमा मास्क र सम्भव भएसम्म प्लास्टिक भाइजर लगाउनुपर्ने व्यवस्था गरिएको छ । कोरोना महामारीका कारण सर्वोच्चमा हाल बन्दी प्रत्यक्षीकरणका रिट, हेर्दाहेर्दैमा रहेका मुद्दा थुनुवा तथा नेपाल सरकारका तर्फबाट परेका पुनरावेदन निवेदनको सुनुवाई आदि काम हुँदै आएको छ ।

https://drive.google.com/file/d/1tuTNoF0P6I9b5O7O_svfeZAocMtQp0DD/view?usp=sharing

प्रकाशित :१८ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्