कैलालीमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु



सुखड : ट्याक्टरको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नं.१ स्थित घोडाघाडी ताल नजिक से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा आज (विहिबार) सुखडका सुरेश लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार उनको घोडाघोडी अस्पतालमा मृत्यु भएको हो । ट्याक्टरसहित चालकलाई ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।

प्रकाशित :२० कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्