नव डीआइजी हरिबहादुर पाल आइपुगे जनकपुरधाम



जनकपुरधाम: प्रदेश २ को प्रहरी प्रमुखकाे रुपमा हरिबहादुर पाल शुक्रबार जनकपुर आइपुगेका छन् । यसअघि साविक दरबन्दी प्रहरी कार्यालय अन्वेषण याेजना निर्देशनालय नक्सालमा रहेका डीआइजीलार्इ पदस्थापन गरेर प्रहरी प्रधान कार्यालयले प्रदेश २ को प्रहरी प्रमुखकाे रुपमा हरिबहादुर पठाएको हो ।

 

विमानबाट जनकपुर आइपुगेका पालको स्वागतका लागि धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक गोविन्द थपलियासहितका प्रहरी अधिकारीहरु जनकपुर विमानस्थल फूलमालासहित पुगेका थिए ।

 

यसैबीच प्रदेश २ प्रहरी प्रमुखका रुपमा रहेका दिनेश अमात्यलाई केन्द्रिय लागू औषध व्यूरोको जिम्मेवारी दिएको संघीय प्रहरी कार्यालय प्रदेश २ का सूचना शाखा प्रमुख डीएसपी दान बहादुर थापाले जानकारी दिए ।

 

गत जेष्ठ महिनादेखि प्रदेश २ काे कमाण्ड सम्हालेका अमात्यले झन्डै पाँच महिनापछि सरुवा भएका हुन् । संघीयता अाएसँगै पहिलो पटक प्रदेश २ को प्रहरी प्रमुखमा एआईजी विजय कायस्थ लामो समय प्रदेशको जिम्मेवारी पूरा गरी गएका थिए  र त्यसपछि प्रदेशको प्रहरी प्रमुख भएर पहिलो पटक डीआईजीको रुपमा दिनेश अमात्य आएका थिए ।

प्रतिक्रिया दिनुहोस्