घरायसी विवादले श्रीमानको हत्या



सल्यान : श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले प्रक्राउ गरेको छ ।

कपुरकोट गाउँपालिका-५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई उनकै श्रीमतीले हत्या गरेको आरोपमा ४३ वर्षीया ईश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्का (चौकी)ले टाउकोमा प्रहार गरी हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएका छन् ।

कुनै सन्तान नभएको र जग्गा बेचेर पसल गर्ने विषयमा झगडा हुने गरेको मृतकका बुवाले किटानी जाहेरीमा उल्लेख गरेका छन् । ती महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिएका छन् ।

प्रकाशित : २० कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्