बुटवलको कोरोना विषेश अस्पतालमा एक जनाको मृत्यु



बुटवल : बुटवलको कोरोना विषेश असपतालमा थप एक पुरुषको मृत्यु भएको छ ।

नवलपरासी पश्चिमका बर्दधाट नगरपालिका वाड नं. १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुटवलमा आज मृत्यु भएको हो ।

अस्पतालमा सूचना अधिकारी डा.बिष्णु गौतमका अनुसार कार्तिक ११ गते कोरोना संक्रमण पुष्टी भएपछि १२ गते अस्पताल भर्ना भएका उनको कोरोना अस्पताल भर्ना गरिएको थियो ।

संक्रमित पुरुष मधुमेह, उच्च रक्तचाप र पित्तथैलीको दीर्घ रोगी रहेको अस्पतालले जनाएको छ । योसँगै नवलपरासी पश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या १६ र लुम्बिनी प्रदेशमा १९१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।

प्रकाशित :२१ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्