४६ औँ राष्ट्रपति बन्ने संघारमा रहेका जो बाइडेन को हुन् ?



काठमाडौं : अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका जो बाइडेन देशको ४६ औँ राष्ट्रपति बन्ने संघारमा छन् । निर्वाचन मतपरिणाम अन्तिम चरणमा आइपुग्दा उनी राष्ट्रपति बन्ने निश्चित देखिएको छ ।

बाइडेन जितका आवश्यक २७० इलेक्टोरल भोटको निकै नजिक छन् । जितपछि बाइडेन पछिल्लो तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिल्लो उम्मेदवार हुनेछन् ।

अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ । जसमा डेमोक्र्याठ उम्मेदवार बाइडनले २५३ इलेक्टलर मत प्राप्त गरेका छन् भने डोनल्ड ट्रम्पले २१४ मत प्राप्त गरेका छन् ।अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टरल मत आवश्यक पर्छ ।

यता ट्रम्पले मतगणना रोक्न माग गर्दै चारवटा राज्यमा मुद्दा दायर गरेका छन् । निर्वाचनमा धाँधली भएको आरोप दोह¥याई रहेका भएपनि उनले कुनै प्रमाण दिएका छैनन् ।

एरिजोना, जोर्जिआ, नेभाडा र पेन्सिल्भेनिया राज्यमा मतगणना भइरहेको छ । जोर्जिआ, एरिजोना र नेभाडामा बाइडनको झिनो अग्रता छ ।

को हुन् जो बाइडेन ?
जो बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा प्रशासनका उपराष्ट्रपति थिए । चुनावी अभियानका लागि निर्क सफल मानिने बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म अर्थात् ३६ वर्षसम्म डेलावेयरबाट निरन्तर सिनेटर भएका थिए । त्यस अवधिमा उनी महत्वपूर्ण समितिको अध्यक्ष समेत थिए ।

३३ वर्ष अघि उनले सन् १९८८ मा राष्ट्रपतिय चुनावको प्रत्याशीका रुपमा आफ्नो अभियान चलाएका थिए । त्यतिबेला बलियो दाबेदार ठानिएका उनी बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछि अभियान त्याग्न बाध्य भएका थिए ।

७७ वर्षीय बाइडेनसँग विदेश नीतिसम्बन्धी लामो अनुभव छ ।

उनले सन् १९९१ मा पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा इराक अतिक्रमणको समर्थन गरेका थिए । पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गरेका थिए । अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए । उक्त कारबाहीमा लादेन मारिएका थिए ।

उनले सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बोल्दै ‘आठ जना राष्ट्रपतिलाई चिनेको र तीमध्ये तीन जना आफ्नो अत्यन्त निकट रहेको’ दाबी गरेका थिए । उनको यो दाबी गलत भएको र विचार नगरी बोलेको जनाइएको छ । ओबामाको उपराष्ट्रपतिका रूपमा सन् २००९ मा उनले ‘आफूहरूका कारण अर्थतन्त्रमा ३० प्रतिशत हानि पु¥याउने सम्भावना रहेको’ बताएका थिए ।

बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० मा भएको हो । उनकी पहिलो पत्नी नेलिया र नाओमीले कार दुर्घटनामा ज्यान गुमाएका थिए । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दैगर्दा भएको दुर्घटनामा नेलिया र नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए । बो बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क ट्युमरका कारण मृत्यु भएको थियो । पारिवारिक शोकमा डुबेका बाइडेनप्रति सर्वसाधारण अमेरिकीले निकै सहानुभूति राख्ने गर्छन् ।

उनले इतिहास, राजनीतिशास्त्र, कानून लगायतका विषयमा डिग्री गरेका छन् ।

प्रकाशित : कात्तिक २२, २०७७

प्रतिक्रिया दिनुहोस्