कोरोना संक्रमणबाट ल्याब टेक्निसियन युवतीको मृत्यु



झापा : जिल्लामा कोरोना संक्रमित एक युवतिको शनिबार बिहान मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–६ की २५ वर्षीय एक ल्याब टेक्निसियन युवतीको मृत्यु भएको हो ।

युवतीलाई रुघाखोकी, ज्वरोलगायतका समस्या बढ्दै गएपछि थप उपचारका लागि एक हप्ता अघि नोबेल अस्पताल विराटनगर लगिएको थियो । अस्पतालमा लगेर कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजिटिभ देखिएको पारिवारिक स्रोतले बताएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चम्लागाईका अनुसार झापाका कोरोना पोजिटिभ देखिएर मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

प्रकाशित : कात्तिक २२, २०७७

प्रतिक्रिया दिनुहोस्