प्रियंकाको खुलासाः ममाथि पनि यौन उत्पीडन भएको छ



एजेन्सीः बलिउड नायिका प्रियंका चोपडाले आफू यौन उत्पीडनको सिकार भएको खुलासा गरेकी छन्। न्युयोर्कमा हालै सम्पन्न दशौँ वार्षिक विश्व महिला सम्मेलनमा समेल उनले महिलासँग जोडिएका मुद्दामा खुलेर आफ्नो धारणा राखिन्। यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

‘मलाई यस्तो लाग्छ यौन उत्पीडन महिलाको साथ जोडिएर आएको शब्द हो। मैले आफैँ पनि यसको सामना गरेकी छु,’ उनले भनिन्, ‘अब हामीलाई एक अर्काले सपोर्ट गरेका कारण यस्ता उत्पीडनबाट हामीलाई कसैले पनि चुप लगाउन सक्दैन।’

बलिउडमा अभिनेत्री तनुश्री दत्तले मी टु अभियानको शुरुवात गरेकी थिइन्। जसका कारण नाना पाटेकर, साजिद खान, आलोकनाथ, विकास पहलजस्ता अभिनेता र दिर्नेशकलाई यौन शोषणको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्