
म्याग्दी : पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ विलबाङमा चट्याङ लागेर ६ जना घाइते भएका छन् भने ३ जना सिकिस्त छन्।
सोमबार राति परेको चट्याङबाट बिलबाङका पवित्रा पुन, मिराकुमारी पुन, दिवस पुन, तकसरा पुन, खकेन्द्र पुन, कमानसिंह पुन घाइते भएको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक गणेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार घाइतेमध्ये पवित्रा, मिराकुमारी र दिवस सिकिस्त छन्। घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको डा. श्रेष्ठले बताए।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर र इलाका प्रहरी कार्यालय दरबाङको सहयोगमा घाइतेको उद्धार गरी दरबाङ ल्याइएको थियो। ठुल्ठूला असिनासँगै परेको पानीका कारण उद्धारमा समस्या भएको अध्यक्ष रोका मगरले बताए।