पछिल्लो २४ घण्टामा २८१७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २८१७ जनामा कोरोना संक्रमण देखिएको छ ।योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३११ नमूनाको पीसीआर परीक्षण गर्दा २८१७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट ११ सय ८ जनाको मृत्यु भएको छ । आइतबार मात्रै २१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३३ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ७ सय १० महिला र ८ सय २३ पुरुष रहेका छन् ।

काठमाडौंमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३५ हजार ४१९ जना कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना र होम आइसोलेसनमा २९ हजार १९७ जना छन् । यस्तै क्वारेन्टाइनमा १ हजार १४९ जना रहेका छन् ।

आइतबार २८ सय १२ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । साथै आइसीयूमा ३९८ जनाको र ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित : कात्तिक २३, २०७७

प्रतिक्रिया दिनुहोस्