लुकाएर ल्याउदै गरेको तेल प्रहरी नियन्त्रणमा



जनकपुरधाम : भारतबाट भन्सार छलेर ट्र्याक्टर लुकाएर ल्याउदै गरेको तेल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

बोर्डर आउट पोष्ट महिनाथपुरको टोलीले भारतबाट नेपाल तर्फ ट्र्याक्टरमा ल्याउदै गरेको २ लाख ३० हजार मुल्य बराबरको तेल धनुषाको गोबराहिबाट नियन्त्रणमा लिएको हो ।

 

 

ट्क्टरको टेलरबाट बरामद तेल जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक कक्कुराम बुढाथोकिले बताए ।

 

 

यता सशस्त्र प्रहरीको नियमित चेक जाचको क्रममा नेपालबाट भारत तर्फ ल्याजदै गरेको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

 

 

धनुषाको बैदेहिबाट भारत तर्फ लिएर जानलागेको मदिरा बरामद गरिएको बोर्डर आउट पोष्ट धनौजीका सशस्त्र प्रहरी निरीक्षक सागर रायले बताए ।

 

चेकजाचको क्रममा ४० किलो सुर्ती समेत बरामद भएको उनले बताए । सुर्ती बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्