
काठमाडौं : नेपाली सेनाले स्वीकृत रिक्त दरबन्दीमा आठ हजारभन्दा बढी कर्मचारी माग गरेको छ। मंगलबारको गोरखापत्रमा सूचना निकालेर सेनाले विभिन्न पदमा ८ हजार १०२ दरबन्दी पदपुर्ति गर्न खुला र समावेशी प्रतिस्पर्धाबाट कर्मचारी मागेको हो ।
छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डा लगायत २९ केन्द्रमार्फत् इच्छुक योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्।
दरखास्त दिन १० रुपैंयाको टिकट टाँसेर निवेदन दिनुपर्ने हुन्छ।
लेखा जमदार कर्मचारी (लेखा जमक), सहायक पण्डित हुद्धा (स.प.हु), अमल्दार कर्मचारी (अ.क.), सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाद्य बादन (ब्रास ब्याण्ड) तथा विभिन्न ट्रेडका फलोवर्स पदहरुमा सेनाले दरखास्त आव्हान गरेको हो। कुचिकार, धोवी, मालीलगायत पदमा साधारण लेखपढ गर्न सक्नेले पनि दरखास्त दिन सक्छन्।