‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन



काठमाडौं : मुलुकको औपचारिक नाम ‘नेपाल’मात्रै राख्ने र ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने भनेर गरेको निर्णय कार्यान्वय नगनै सरकारलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ ।

गत असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैयठकले नेपालको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ लेखिँदै आएकोमा अबदेखि ‘नेपाल’ मात्रै लेख्ने भनेर निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सबै स्थानीय तहलाई परिपत्र गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कात्तिक ४ गते पत्राचार गरी अनुरोध गरेको थियो । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक ५ गते ७ सय ५२ वटै स्थानीय तहलाई पत्राचार गरी निर्णय कार्यान्वयन गर्न गराउन अनुरोध गरेको थियो ।

‘मन्त्रिपरिषद्को असोज ११ गतेको निर्णयमा नै मुलुकको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल रहेको स्पष्ट भएकाले उक्त कुरा सच्याएर नेपाल मात्रै राख्ने भन्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिन्छ । नाम परिवर्तन गर्नुपर्ने भएमा संसद्मा प्रस्ताव ल्याउन पनि निर्देशन दिइन्छ,’ समिति बैठकमा सभापति शशी श्रेष्ठले भनिन् ।

यो पनि

मुलुकको नाम नेपाल नै हो : परराष्ट्रमन्त्री ज्ञवाली

प्रकाशित : कात्तिक २४, २०७७

प्रतिक्रिया दिनुहोस्