उखु किसान राष्ट्रपति कार्यालयमा



काठमाडौं : चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम समयमा नपाएको भन्दै उखु किसान राष्ट्रपति कार्यालय पुगेका छन् ।

किसानहरुले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौदेखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

उखु किसान संघर्ष समितिका संरक्षक राकेशकुमार मिश्रले मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग गरेको सम्झौता अझै कार्यान्वयन नभएको भन्दै छिटोभन्दा छिटो भुक्तानी पाउने व्यवस्था मिलाईदिन आग्रह गरे ।

मन्त्रालयको समन्वयमा उखु किसान र उद्योगीबीच जायज्यथा बिक्री गरेर भएपनि २०७६ माघ ७ गतेभित्र किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गर्ने लिखित सम्झौता भएको थियो ।

तर, सरकारले अहिलेसम्म पनि बक्यौता रकम भुक्तानी गराउन नसकेको गुनासो उनीहरुको छ । राष्ट्रपति कार्यालय पुगेका किसानहरुले राष्ट्रपति भण्डारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

उनीहरुले बुझाएको ज्ञापन पत्रमा किसान र कृषि क्षेत्रका समस्यालाई विशेष प्राथमिकता राखेर देशभरिका किसानलाई सहज वातावरण निर्माण हुन नसक्दा सिंगो देश नै प्रभावित हुँदै गएको उल्लेख छ ।

खेती, यन्त्र, बीउ, बजार र लगानीको क्षेत्रमा सरकारको ध्यान केन्द्रित हुन नसक्दा हामी किसानहरु प्रभावित हुँदै आएको उल्लेख छ ।सरकार

ले गरेको लगानी र उपलब्ध साधनस्रोतको पनि सदुपयोग गर्न नसकिएको, मौसम, बीउ बिजन, कृषि ऋण, खटिएका कर्मचारी र सञ्चार क्षेत्रबीच सन्तुलन हुन नसक्दा हामीले समय, लगानी, श्रम र बजारको आँकलन गर्न नसकिएको ज्ञापन पत्रमा रहेको छ ।

यो पनि

उखु किसानद्वारा मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घोषणा

प्रकाशित : कात्तिक २४, २०७७

प्रतिक्रिया दिनुहोस्