काठमाडौंमा भूकम्पको धक्का महशुस



काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ ।

मंगलबार अपराह्न ४ बजेर ३० मिनेटमा भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ छत्रदेउराली केन्द्र रहेर भूकम्प गएको जानकारी दिएको छ।

केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ।

प्रकाशित : कात्तिक २५, २०७७

प्रतिक्रिया दिनुहोस्