२० तोला चाँदीको सिक्कासहित भारतीय युवा पक्राउ



रौतहट : रौतहटबाट २० तोला चाँदीको सिक्कासहित एक जना भारतीय युवा पक्राउ परेका छन् ।

गौर नगरपालिका वडा २ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका बेला प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेमा भारत जिल्ला मोतिहारी सिक्टा घर भएका २३ वर्षका चन्दन साह सोनार रहेका छन् ।उनको साथबाट प्रहरीले २० तोला तौलका २० वटा चाँदीको सिक्का बरामद गरेको छ ।

चाँदीसहित पक्राउ परेका सोनारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित : कात्तिक २६, २०७७

प्रतिक्रिया दिनुहोस्