१२ प्रहरी चौकीलाई मोटरसाइकल



पाँचथर : जिल्लामा १२ प्रहरी चौकीलाई मोटरसाइकल प्रदान गरिएको छ। १ नम्बर प्रदेशको आन्तरिक मामिला मन्त्रालयले उपलब्ध गराएको मोटरसाइकल वितरण गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय पाँचथरले छनौट गरेका प्रहरी चौकीका इन्चार्जलाई मोटरसाइकल हस्तान्तरण गरेको हो। मोटरसाइकल पाएपछि शान्ति सुरक्षा प्रवद्र्धनका लागि सहयोग पुग्ने पाँचथरका प्रहरी प्रमुख (डीएसपी) नरेन्द्र कुवँरले बताए। 

जिल्ला प्रहरी कार्यालयमा २ वटा मोटरसाइकल राखिएको छ। यसका साथै इप्रका रवी, अमरपुर, ट्राफिक प्रहरी कार्यालय फिदिम, प्रहरी चौकी चिलिङदिन, याङनाम, पौवासारताप, जोरपोखरी, गोपेटार, काबेली र तमाखेलाई मोटरसाइकल प्रदान गरिएको हो।

यसअघि १२ थान मोटरसाइकल विभिन्न प्रहरी कार्यालयमा थिए। मन्त्रालयले जिल्ला प्रहरी कार्यालयमा चारचक्के गाडीसमेत उपलब्ध गराएको छ। 

प्रतिक्रिया दिनुहोस्