प्रदेश १ मा ४४१ डिस्चार्ज, ३६८ सङ्क्रमित थपिए



काठमाडौं : प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३६८ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको एक हजार १२८ जनाको पिसीआर परीक्षणमा १२८ महिला र २४० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हुनेहरुमा मोरङमा १४८ मध्ये विराटनगरमा ८०, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, सङ्खुवासभामा सात, ताप्लेजुङ र इलाममा चार÷चार, भोजपुरमा तीन, सोलुखुम्वु, खोटाङ र धनकुटामा एक÷एक र प्रदेश बाहिरका १४ जना छन् ।

यस प्रदेशमा आज ४४१ जना सङ्क्रमित निको भै घर फर्केका छन् । उनीहरुको सङख्या अहिलेसम्म १५ हजार ७५६ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७४ हजार ८०२ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्