दाजुभाईका लागि सर्वोत्तम उपहार ढाका टोपी



काठमाडौं : तिहार खाससगरी भाईटिकाको दिन माइतिको टाउको खालि राख्नु हुँदैन मान्यता छ । भाईटिकाको दिन चेलीले माइतीलाई विभिन्न उपहार दिने गर्छन् । यतिबेला ‘भाई मिठाइ’सँगै उपहारको बजार उत्कर्षमा पुगेको छ ।

पछिल्लो समय उपहारको रुपमा पहिरानदेखि ग्याजेट्ससम्मको प्रचलन बढेको छ । तर, तिहारमा ढाका टोपीको खास महत्व र अर्थ छ ।

ढाका टोपी नेपालीको पहिचान हो । जसलाई हाम्रो आस्था र स्वाभिमानिको प्रतिक पनि मानिन्छ । यो हाम्रो आस्थाको पहिचान पनि हो । त्यसैले विभिन्न चाडपर्व, विवाह, व्रतबन्ध, सभा–सम्मेलनमा ढाकाको टोपी लगाउने गरिन्छ ।

तिहारमा भाईटिका दिन दाजुभाईले ढाका टोपी लगाउने प्रचलन छ । दिदीबहिनीले भाईटिकाका दिन ढाका पोटी उपहार दिने गर्छन् । त्यसैले अन्य समयभन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर्छ ।

तिहारमा पनि ढाका टोपीको प्रयोग गरिन्छ । गलामा सयपत्रि र मखमलीको माला, निधारमा सप्तरंगी टिका र शिरमा ढाका टोपीले हरेक दाजुभाई तिहारको दिन सजिने गर्छन् ।

तिहारमा ढाका टोपी लगाउँदा माइतिको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलिले आफ्ना दाजुभाईलाई उपहारको रुपमा स्नेह पूर्वक ढाका टोपी दिने प्रचलन छ ।

यस वर्ष सबै क्षेत्रमा कोरोना महामारीको प्रभाव परेपनि ढाका पोटीको व्यापारका कुनै असर नपरेको व्यापारीहरुको भनाइछ ।

ढाका टोपीको नेपाली समाजमा खास महत्व र अर्थ छ । ढाका टोपी प्रति हाम्रो भावनात्मक सम्बन्ध भएकै कारण राष्ट्रिय पोसाकको रुपमा समेत स्थापित छ ।

पछिल्लो समय नयाँ पुस्ताले पनि ढाका टोपी प्रयोग गर्ने प्रचलन बढेकाले पनि व्यापारमा वृद्धि हुँदै गएको छ । युवा समूहले त केही वर्षदेखि नेपाली टोपी दिवस नै मनाउन थालेका छन् । तिहारमा ढाका टोपीसँगै अन्य किसिमका लुगा उपहार दिन प्रचलनपनि झागिदै गएको छ । यस्तै भाईटिकामा ढाका टोपीको प्रयोग गर्ने र भाईटिकाको दिन माइतिको टाउको खालि राख्नु हुँदैन भन्ने मान्यतालाई पनि चुनौती दिएको छ ।

यसरी आयो प्रचलनमा

सांस्कृतिक दृष्टिकोणले भिन्नै महत्व बोकेको ढाका टोपी राजा महेन्द्र वीर विक्रम शाहदेवको पालामा ढाकाटोपी बढी मात्रामा प्रचलनमा आएको थियो । त्यसबेला नेपालको सरकारी कार्यालयमा काम गर्ने सबैलाई नेपाली पोशाक अनिवार्य थियो । त्यसमा ढाका टोपी पनि पर्दछ ।

ढाका टोपीलाई नेपालीको कला धर्म, संस्कृतिसित पनि जोडिएको पाइन्छ । धार्मिक कार्यको दौरान निदार तथा शिर खाली राख्नु हुन्न भन्ने मान्यता अनुसार नेपाली समाजमा हरेक शुभ कार्य पश्चात्त ढाका टोपी लगाउने गरिन्छ । त्यसैमा आधारित रहेर भाइटिकाको दिन हरेक दिदीबहिनीले दाजुभाईलाई ढाका टोपी लगाइदिने चलन रहेको बुझिदै आएको छ ।


प्रकाशित : कात्तिक २७, २०७७

प्रतिक्रिया दिनुहोस्