यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

देशभर उल्लेखनीय मौसमी प्रमाणलीको प्रभाव छैन, सोही कारण मौसम सफा हुने देखिएको जल तथा मौसम विभागले जनाएको हो ।

अहिले देशको पहाडी भूभागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

शनिबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिकदेखि सामान्यबदली तथा बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । साथै राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यय वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, प्रदेश ३ र १ का थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित : कात्तिक २९, २०७७

प्रतिक्रिया दिनुहोस्