सीमामा देखिने समस्या निराकरणका लागि सञ्चारकर्मीहरुसँग छलफल



जनपुरधाम : नेपाल-भारत सीमा विवाद र समस्या समाधानका लागि छलफल गर्न शनिबार दुर्इ देशका सञ्चारकर्मीहरुकाे जनकपुरमा जमघट हुँदै छ ।

 

नेपाल-भारत महिला मञ्चको आयोजनामा नेपाल र भारतको ६० जना पत्रकारहरुसँग आयोजक संस्थाले नेपाल भारतको सीमा क्षेत्रमा देखिने समस्या र समाधानको विषयमा गम्भीर छलफल हुने महिला मञ्चकी अध्यक्ष चन्दा चौधरीले जानकारी दिइन् ।

 

चौधरीका अनुसार नेपाल-भारत सीमानामा बारम्बार समस्याहरु देखापरिरहने विषयलेकाे उठान हुने तर त्यी समस्याहरु उत्पन्न भए र त्यसका समाधान उपाय के हुन सक्छन् भन्ने विषयमा कसैले पहल नगरेपछि मञ्चले पहिलो चरणमा संचारकर्मीहरुसँग छलफल गर्न खाेजेकाे बताइन् ।

 

जनकपुरधामको सीताशरण होटेलमा हुने कार्यक्रमको लागि भारतीय सीमावर्ती क्षेत्र जयनगर, मधुबनी, सितामढ़ी लगायतका स्थानबाट ३० जना र नेपालका सीमावर्ती क्षेत्र धनुषा, महोत्तरी, सिरहा, सप्तरी सहितका जिल्लाहरुबाट ३० जनालाई अामन्त्रण गरिएको आयोजक संस्था मञ्चले जनाएको छ ।

 

पहिलो चरणमा पत्रकार र दोस्राे चरणमा समाजका अग्रज, बुद्धिजीवीहरुसँग छलफल हुने कार्यक्रम रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्