आगलागीबाट ४८ लाख बढीको क्षति



जनकपुरधाम : प्रदेश २ का विभिन्न जिल्लामा भएको आगलागीबाट लाखौं मूल्य बराबरको क्षति भएको छ। मंगलबार दिउँसो र बुधबार राति सिरहा, सप्तरी र पर्सामा भएको आगलागीबाट ४८ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बुधबार राति सप्तरीको राजविराज नगरपालिका ४ नेटा चोकमा स्थित भएको आगलागीमा ३७ लाख बराबरको धनमाल जलेर भएको छ।

त्यसैगरी सिरहा गोलबजार नगरपालिका १२ स्थित बेतौनाका फूलकुमार मण्डलले संचालन गरेको शिवानी फर्निचर उद्योगमा बिद्युत सर्ट भइ आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

त्यस्तै पर्साको वीरगंज महानगरपालिका १० अशोकबाटीकामा हरेन्द्र साहले संचालन गरेको शिवरानी आईसक्रिम उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा १ लाख बढीको सामाग्री जलेर नष्ट भएको छ।

आगलागीबाट उद्योग भित्र रहेका फ्रिज, पानी तान्ने मोटर, आईसक्रिम बनाउने कच्चा पदार्थ र फर्निचरका सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ। 

प्रतिक्रिया दिनुहोस्