प्रधानमन्त्री ओलीको ताप्लेजुङ भ्रमण स्थगित



ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङ भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री ओली मंसिर ५ गते शुक्रबार ताप्लेजुङका हिमाली गाउँ ओलाङचुङगोला र घुन्सा भ्रमणमा जाने कार्यक्रम थियो ।

त्यहाँ प्रधानमन्त्री ओलीले नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन तथा घुन्सा फाउन्डेसनको भवन उद्घाटन गर्ने र घुन्साका स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयबाट कार्यक्रम स्थगनको मौखिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले जानकारी दिए ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देखिदै आएको विवादका कारण प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भ्रमण स्थगन गरेको हुन सक्ने अनुमान नेताहरुको छ ।

प्रकाशित : मंसिर २, २०७७

प्रतिक्रिया दिनुहोस्